Wednesday, June 10News That Matters

आजको मौसाम : चट्याङ सहित हल्का बर्षाको सम्भावना

पूर्णपुष्टि, फागुन ३० । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू(भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू(भागहरूमा आंशिक बदली रहने जनाएको छ।
आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका एक(दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशको पहाडी तथा हिमाली भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।