Monday, April 20News That Matters

आजको राशिफल

वि.सं. २०७७ भदौ ११ गते  बिहीवार 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशी हुनेहरुको लागी आजको दिन अरूका लागि समय खर्चनुपर्ला । परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । भाग्यले अवसर जुराउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा समेत कमाउने योग छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन नयाँ साथीभाइ भेटिने छ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । तर आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको दिन स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ । हिम्मतले काम लिँदा फाइदा पनि हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन् । व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी अर्थात् द्रव्य भित्र्याउने समय छ । आजको कामले दिगो फाइदा हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । अध्ययनमा राम्रो प्रगति गर्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । तापनि आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ । पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । दिगो योजनाका साथ अघि बढ्दा राम्रै लाभ मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ । नयाँ काममा हात हाल्न केही समय लाग्नेछ । पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । मिहिनेतले नियमित काम सम्पादन हुनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । विशेष योजना गोप्य राख्नुहोला । केही विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिन खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अरूको विश्वास गर्दा धोका हुन सक्छ । अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला । प्रयत्न गर्दा लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । साँझदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटले मनमा आनन्द प्राप्त हुनेछ । स्वास्थ्यका लागि खानपान र व्यायाममा ध्यान दिनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आजको दिन आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । परिस्थितिवश फजुल खर्च बढ्नेछ । लगानीको रकम रोकिनेछ । तापनि मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन जुट्नेछन् । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजको दिन प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । साँझदेखि आयस्रोत बढ्नेछन् । स्रोत–साधन जुट्नाले कर्मको उचित प्रतिफल पाइनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आजको दिन तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी वहन गर्दै आफ्नो क्षेत्रको नेतृत्व लिने बेला छ । मिहिनेतले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ जिम्मेवारी प्राप्त हुनेछ ।