
माघ २२ गते ।
आज विदेशी मुद्राको भाउ घट बढ भएको छ । बुधबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डरलको खरिददर १ सय १३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४३ पैसा थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो ।
ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो यसको खरिदद २ सय ९८ रुपैयाँ रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६७ पैसा र र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा थियो ।
कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो यसको खरिददर ३ सय ७४ रुपैयाँ १४ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ११ पैसा थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ५३ पैसा रहेको थियो ।
