
पूर्णपुष्टि/उदयपुर, भदौ २७
जिल्ला प्रशासन कार्यालय उदयपुरले आज पनि विहान १० : ०० देखि साँझ ५ः०० बजेसम्म निशेषज्ञ जारी गरेका छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले जिल्ला भर लागु हुनेगरी निषेधाज्ञ जारी गरेका हुन् । अहिलेको अवस्थामा हुलहुज्जत, भेला, प्रदर्शन आदिले प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधित क्षेत्रमा पाँच जना भन्दा बढि भेला हुन नपाउने भनिएको छ । निषेधाज्ञ पालना गर्ने र गराउने कार्यमा बाधा पुर्याउनेलाई कडा कारवाही हुने चेतावनीसमेत दिइएको छ । प्रशासनले जेनजी प्रदर्शन पछि उत्पन्न अवस्थाका कारण दिनभर निषेधाज्ञ र राती कर्फ्यु आदेश जारी गर्दै आएको छ ।
