Sunday, April 19News That Matters

आजबाट नागरिकका लागि धरहरा आंशिक खुल्ला

पूर्णपुष्टि, असाेज ३ ।

आज असाेज ३ गते संविधान दिवस । २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दस वर्ष प्रवेशको दिन आज । यस अवसरमा आज देसभर राष्ट्रिय दिवस मनाइँदैछ ।

आज सरकारी तथा सार्वजनिक संस्थाशरुमा झण्डोत्तोलनसहित घरघरमा दिपावली गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुको सहभागितामा दिवस मुल समाराेह हुदैछ । आज दिउँसो दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट हुदैछ ।

यसै अबसरमा धरहरा पनि आजबाटै सर्वसाधारणका लागि आशिंक खुला गरिने जनाईएकाेछ । संविधान दिवसको खुसियालीमा नागरिक स्तरबाट पनि विभिन्न कार्यक्रम गरिएका छन् ।