
पूर्णपुष्टि, वैशाख २७ गते ।
स्थानीय तहको निर्वाचन २०७९ को मौन अवधी आज रातीको १२ बजेबाट शुरु हुदैँछ । मौन अवधीमा राजनितिक दल तथा उम्मेदवारले चुनावजन्य कुनै प्रकारका गतिविधी गर्न निषेध गरिएको छ । मौन अवधी शरुभएपछि निर्वाचन प्रचार–प्रसार र मत माग्न नहुने, मतदान केन्द्र वरिपरी रहेका ३ सय मिटसम्मका निर्वाचन प्रचार सामाग्री र चुनाव चिन्ह लगाएतका सामग्री हटाउन पर्ने छ ।
यस्तै मौन अवधीको समयमा एस.एम.एस .सामाजिक सञ्जालबाट मत माग्न र उम्मेवारको पक्षमा प्रचार–प्रसार गर्न समते बन्देज लगाइएको छ । उम्मेदवारको चुनाव चिन्ह अंकित टोपी, स्टिकर, लोगो, लगाएतका साङकेतिक सामग्रीको प्रयोग, विक्री वितरण तथा प्रदर्शन गर्न रोक लाग्नेछ ।
मौन अवधीमा रोक लगाएको गातिविधी गरेमा निर्वाचन आयोगले एक लाखसम्म जरिवाना गर्न सक्ने व्वस्था गरेको छ ।
