
पूर्णपुष्टि, २३ वैशाख ।
उदयपुरमा किरात राई विद्यार्थी संघ पुनर्गठन गरिएको छ । शनिवार गाईघाट स्थित मुना राईको अध्यक्षतामा २१ सदस्यीय रहने गरी समिति गठन गरिएको हो । किरात राई यायोख्खा केन्द्रीय सदस्यीय दिपक किरातीको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा बिकल राई, सचिवमा संजोक राई, सहसचिवमा भावना राई र कोषाध्यक्षमा अपेक्षा राई रहेका छन् ।
यस्तै सदस्यहरुमा ज्ञानदिन राई, समिक्षा राई, कल्याण राई, अवन राई, मिनमा राई, रिमा राई, सुजता राई, सलिना राई र रिमा राई रहेका छन् । समिति भुगौललाई समेटेर निर्माण गरिएको छ । हाल त्रियुगा, चैदण्डीगढी, रौतामाई र लिम्चुङबुङ गरी ४ ओटा भुगोल समेटीएका छन् भने अन्य बाँकी भुगोल समेटेर समितिलाई पुर्णता दिईने छन् । यस्तै गरी निर्माण समितिले अन्य ८ सदस्य थपेर २१ सदस्यीय कार्यसमिति निर्माण गर्ने भएको छ ।

कार्यत्रममा यायोख्खाका केन्द्रीय अध्यक्ष दिपक किराती, यायोख्खा उदयपुर जिल्ला अध्यक्ष गंगा राई लगायतले किरात विद्यार्थी संघलाई भरपुर सहयोग गर्ने जनाए । यायोख्खाको भातृ संघठनको मुख्य पात्रको रुपमा बिगतमा किरात राई विद्यार्थी संघले ठुलो भुमिका निर्भाह गर्दै आएको समेत उनिहरुले जनाए । हाल जिल्लामा यायोख्खाको भातृ संगठनहरुको रुपमा किरात विद्यार्थी सँगै किरात पत्रकार संघ, किरात कलकार संघ, किरात लेखक संघ र किरात चलचित्रकर्मी संघ गरी बिभिन्न भातृ संगठनहरु रहेका छन् । जुन यायोख्खाको सम्बन्धित माताहतमा रहेर यी संस्थाहरुले काम गर्दै आएको छ । यस संघले पनि किरात प्रदेश नामाकरणलाई भरपुर सघाउने जनाईएको छ । पहिचानको बिषयमा अहिले सरकारले नाम दिन नसक्नु दुखद भन्दै त्यसको विरुद्धमा भैरहेको आन्दोलनमा विद्यार्थी संघ थप एउटा इटाको रुपमा प्रस्तुत भएको कार्यसमितिले जनाएको छ ।



