
पूर्णपुष्टि, असार ११
आदिवासी जनजाती चलचित्र महासंघ प्रदेश नं १ को अध्यक्षमा ज्योतिराज राई चयन हुनु भएको छ । बिहिबार माहासंघको केन्द्रीय कार्यालयले विराटनगरमा आयोजना गरेको देशव्यापी अभिमुखीकरण कार्यक्रम अन्तरर्गत राईको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ ।
राई चलचित्र क्षेत्रको अनुभवी निर्माता समेत हुन् । उनले थुप्रै चलचित्र तथा टेली चलचित्र निर्माण गरिसकेका छन् । उनि चलचित्र विकास बोर्डको आदिवासी मातृभाषी चलचित्र प्रवर्धन समितिको संयोजक समेत हुन् । विभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय राई निर्माता संघमा समेत सक्रिय रहेका छन् ।
समितिमा राईको अध्यक्षता सहित उपाध्यक्षमा दिप नारायण राजवंशी, भुपेन्द्र तुम्वाहाम्फे लिम्वु, ध्रुव चौधरी, माहासचिवमा सुमन तामाङ, सचिव राजु तामाङ, सुरेन्द्र राज भुजेल र कोषाध्यक्षमा पेशल कुमार सुनुवार रहेको छ । प्रदेश नं १ चलचित्र माहासंघमा हाल ९ आदिवासी जनजातिहरु आवद्ध रहेको केन्द्रीय अध्यक्ष अमृत सुनुवारले जनाए । यीनै समतिलाई समावेशीकरणले सबैलाई समेटेर पदाधीकारी चयन गरेको सुनुवारले जनाए । हाल पदाधिकारीहरुमा ८ जातजाति समेटीएको छ । अध्यक्षमा चयन भएका ज्योतिराज राईले तत्कालै सदस्यहरु थप गर्ने जनाए ।

अधिवेशनले पदाधिकारीहरु मात्रै टुंगो लगाएको अवस्थामा सदस्यहरु यीनै निर्माण कार्यसमितिले तत्काल थप गर्ने जनाए । अध्यक्षमा चयन हुँदै गर्दा राईले आदिवासी जनजातिहरुको हक अधिकारका लागि सरकार सँग सकरात्मक समन्वय गर्ने जनाए । सरकारले यस प्रति ध्यान नदिएमा अधिकारको लागि सम्पूर्ण आदिवासी जनजातिहरुलाई चलचित्रकर्मीहरुलाई एक जुट गराई आन्दोलनमा समेत उत्रिने र अधिकार दिलाउने जनाए । आदिवासी जनजाति चलचित्र माहासंघ निर्माणको उदेश्य बताउँदै राईले खस आर्य फिल्महरुले जति अधिकार पाएको छ त्यो भन्दा धेरी अधिकारहरु सरकारले दिलाउनु पर्ने बताए । आदिवासी जनजातिहरु यहि नेपालको भुमी माटो र बाटोलाई प्रयोग गरेर जन्म मृत्यु सम्मै पहिचानरुपी मानव जिवनको अवतार रहेको भन्दै यसको भाषा, संस्कृती, पहिचान र सभ्यतालाई चलचित्र मार्फत उजागर गर्ने प्रयास चलचित्रकर्मीहरुले गर्दै आएको जानाए । यसलाई थप मजबुद बनाउन कार्यसमित गठनको मुख्य उदेश्य रहेको राईको भनाई छ ।
