Tuesday, June 9News That Matters

आन्तरिक उडान स्थगित

पूर्णपुष्टि, चैत १४ 

वायु प्रदूषणका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान स्थगित भएको छ ।

प्रदूषणका कारण भिजिविलिटी कम हुँदा त्रिभुवन विमानस्थलबाट हुने लगभग सबैजसो उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ । सिमरा, भैरहवा, भद्रपुर, विराटनगर, पोखरा, नेपालगञ्ज, दाङ, धनगढी, तुम्लिङटार लगायतका गन्तव्यमा जाने दुई दर्जन भन्दा धेरै उडान स्थगित भएका छन् ।

धनगढीको लागि श्री एअरलाइन्सले एउटा र राजविराजको लागि बुद्ध एअरले एउटा उडान भरेको छ । आन्तरिक उडान स्थगित र ढिलाइ हुँदा विमानस्थलको आन्तरिक टर्मिनल भद्रगोल भएकोे छ ।

उडान हुने आशामा सयौँ यात्रु आन्तरिक टर्मिलनमा कुरेर बसेका छन् । मौसममा सुधार भएमा बेलुकीपखका उडान भने सम्भावना रहेको जनाएको छ ।