
पूर्णपुष्टि,माघ २२
आन्दोलनकारीबाट बच्न तीब्र गतिमा चलाएको मोटरसाईकले ठक्कर दिंदा बालक घाइते भएको छ । देश व्यापीरुपमा माधव–प्रचण्ड समूहले घोषणा गरेको बन्द हड्तालको क्रममा सुर्खेतको वीरेन्द्रनगर स्थित सत्कार होटल अगाडि मोटरसाइकलको ठक्करबाट बालक घाइते भएको हो ।
बन्दको अवज्ञा गरि मोटरसाइकल चलाएका व्यक्ति आन्दोलनकारीबाट भाग्न खोज्दा बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बर मोटरसाइकलले अन्दाजी १० वर्षको बालकलाई ठक्कर दिएको हो ।
बालकको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालकको प्रदेश अस्पताल काला गाउँमा उपचार भैरहेको छ ।
