
पूर्णपुष्टि, बैशाख ६ गते ।
उदयपुरको चौदण्डिगढी नगरपालिका–५ सिवाईमा एक स्थानियको घरमा पाहुनाको रुपमा छ जना भारतिय नागरिक बसिरहेका छन् । सिवाईमा रहेको भाईको छोरिको विवाहका लागी मुस्लिम समुदायका छ जना भारतिय नागरिक नेपाल आएको जनाईएको छ ।
अहिले उनीहरुलाई नगरपालिकाको विशेष निगरानीमा राखिएको छ । भतिजिनीको विवाहका लागी आएका श्रीमान, श्रीमति र बालबच्चासहित छ जना लकडाउनले भारत फर्कन नपाएको जनाइएको छ ।
कोरोनाको भाईरस संक्रमणको लक्षण देखा परेको छैन । प्रदेशबाट आएका स्वास्थ्यकर्मीको टोलीले उनीहरुको चेकजाँच र कोरोना स्वव नमुना संकलन गर्ने आईतबार गर्ने चौनपाका मेयर खगेन्द्र राईले बताए ।
सप्तरीको नाँकामा हेल्फडेक्स राखेर दैनिक स्थानीय लगायतका आवतजावत गरिरहनेलाई चेकजाँच गरिरहेको जनाइएको छ ।
