Thursday, June 18News That Matters

आफूखुसी गैरहाजिर हुने १० प्रहरीलाई सम्पर्कमा आउँन सात दिने म्याद

पूर्णपुष्टि, चैत १० । प्रहरी प्रधान कार्यालय नक्शालले आफूखुसी गैरहाजिर हुने १० जना प्रहरीलाई सम्पर्कमा आउँन सात दिने म्याद दिएको छ । आज कार्यालयले सुचना जारी गर्दै गैरहाजिर हुने प्रहरीलाई कारण खुलाएर सन्तोषजनक स्पष्टिकरण पेश गर्न लगाएको छ भने स्पष्टिकरण नदिने प्रहरीलाई कारबाहीको चेतावनी समेत दिएको छ ।

केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्ज दरबन्दी भएका प्रहरी हबल्दार दिपेन्द्र सिंह २०७८ फागुन १० देखी, यसैगरी प्रहरी जवान दिपु अवाल २०७९ पुस १७ गतेदेखि, निरज कुमार राई माघ १३ गतेदेखि, रामफल यादव माघ २५ गतेदेखि र गोविन्द केसी माघ २८ गतेदेखि गैरहाजिर रहेको कार्यालयले जनाएको छ । यसैगरी आनन्द मण्डल पुस ७ गतेदेखि, विशाल कुमार राई पुस २९ गतेदेखि, आलेश थापा माघ १८ गतेदेखि तथा धमेन्द्र विक र हरिराज विक माघ २८ गतेदेखि सम्पर्कमा नरहेको सुचनामा उल्लेख गरिएको छ ।