Tuesday, June 9News That Matters

आफ्नै छोरीलाई पटक पटक करणी गरेको आरोपमा बाबु पक्राउ

पूणर्पुष्टि, पुष २

उदयपुरको त्रियुगा नगरपालिकामा छोरीलाई करणी गरेको आरोपमा ३८ बर्षिय बाबु पक्राउ परेका छन् । छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय उदयपुरबाट खटेको बिषेश टोलीले बिहिबार उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका निजलाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम बहादुर दाहालले बताउनभुयो । निजलाई थप अनुसन्धान गरी दोषी ठहरीए तत्काल आवश्यक कार्वाही गर्ने एसपी दाहालले बताउनुभयो ।