Sunday, April 19News That Matters

आमाछोराको हत्यारा पक्राउ

एसपी हरिहरनाथ याेगी

पूर्णपुष्टि (उदयपुर), असोज ४ ।
उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबीसेमा दुईसाताअघि आमा छोराको हत्या गर्ने ब्यक्ति पक्राउ परेको छ । आमा अन्दाजी ४० वर्षीया निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापाको हत्या गरेको प्रमाणको आधारमा स्थानीय ३२ वर्षिय ताराबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । घटनामा प्रयोग भएका र घटनास्थलबाट बरामद भएका सामानहरुसमेत सार्बजनिक गरिएको छ ।

डिएसपी राजन चापागाइ

घटनास्थल नजिकै घर भएका मगरले धारिलो हतियार खुकुरी प्रयोग गरी आमा छोराको हत्या गरेको स्विकार गरेको र प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताए ।
प्रहरी नायव उपरिक्षक राजन चापागाइको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले उक्त घटना अवैध सम्बन्धका कारण घट्न गएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।
हत्याराले चलाखीपूर्वक प्रमाणहरु लुकाउने प्रयास गरेको र मौसमी बर्षातको चुनौतीका कारण हत्यारा पत्ता लगाउन केही समय लागेको प्रहरीको भनाई छ । उनलाई थप अनुसन्धानका लागि उदयपुर अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।