
पूर्णपुष्टि, असोज २४ । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतालाई इजरायली मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । यो निर्णयसँगै गाजा र इजरायल दुवैतर्फ खुशियाली छाएको छ ।
सम्झौताअनुसार इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको साटासाट गरिनेछ । अमेरिकाले प्रस्तुत गरेको २० बुँदे शान्ति प्रस्तावको पहिलो चरणअन्तर्गत युद्धविराम छिट्टै प्रभावकारी हुनेछ । हमासले सोमवारदेखि नै इजरायली बन्धकहरू रिहा गर्न थाल्ने अपेक्षा गरिएको छ । गाजाका नागरिकहरू यस घटनाक्रमलाई उत्साहपूर्वक मनाइरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार सबै बन्धकहरू अर्को साताको सोमवार वा मंगलवारसम्ममा मुक्त गरिने बताएका थिए । युद्धविरामपछि गाजाको प्रशासन सम्हाल्न प्यालेस्टिनी प्राधिकरणले तयारी थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
