
साउन ३१ गते ।
ईग्लिस प्रिमियर लिग खेल्नका लागि मोसिट ओजिल र सिड कोलासिनाच तयार रहेको आर्सनलका प्रशिक्षक इमरीले बताएका छन् ।
शनिबार राति हुने वर्नलीविरुद्धको खेलको लागि दुवै खेलाडी खेल खेल्नको लागि तयार भएको प्रशिक्षक इमरीले बताए । दवै खेलाडी अभ्यासका लािग फर्किएका हुन् । दुवै खेलाडी सुरक्षाका कारण यस अघि उपस्थित थिएनन् ।
दुवै राम्रा खेलाडी भएकाले खुशीको कुरा प्रशिक्षक इमरीले बताए ।
