
पुस ११ गते ।
नवलपरासीका आन्दोलीत उखु कृषकहरुले आन्दोलन स्थगित गरेका छन् । उखु बेचेको रकम पाउनु पर्ने भन्दै थालेका आन्दोलन कृषक र उद्योगी विच सहमती भएपछि स्थगित गरेका हुन् ।
३ वटा उद्योगले कृषकको करिब ४० करोड रुपैयाँ दिन बाँकी भएको भन्दै कृषकहरुले आन्दालन गरेका थिए । उक्त रकममध्ये हरेक महिना ५ करोडका दरले कृषकलाई भुक्तानी दिने सहमति भएपछि आन्दोलन स्थगित गरेको उखु उत्पादक कृषक समितिले जनाएको छ । सहमति अनुसार भुक्तानी नदिए थप आन्दोलन गर्ने समितिले जनाएको छ ।
न्वलपरासीको पश्चिमी भेगमा बार्षीक करिब २० लाख क्विन्टल उखु उत्पादन हुदै आएको छ । उक्त क्षेत्रका करिब १० हजार परिवार उखु खेतीमा निर्भर रहेका छन् ।
पश्चिम नवलपरासीका बाग्मती चिनी उद्योग, लुम्बिनी चिनी उद्योग र इन्दिरा सुगर मिलले आगामी २५ गतेदेखि मिल सञ्चालन गर्ने भएका छन् ।
