Saturday, May 2News That Matters

ज्योति मगरले आज उदयपुर एक्स्पो तताउने

पूर्णपुष्टि, २१ माघ ।
उदयपुर एक्स्पोमा आज चर्चित गायिका ज्योति मगर आउने भएको छ । मगरले साँझ गाईघाट मा संञ्चालन भैरहेको एक्सपोलाई भव्य तताउने छिन् । त्रियुगा नदी किनारमा ११ गतेदेखी सुरु भएको एक्स्पोमा राष्ट्रिय कलकारहरुले दिनहुजसो मनोरञ्जन दिईरहेको छ । यस पहिले एलिना चौहान, प्रिती आले, सुबोध गौतम र अनु चौधरी लगायतका कलकारहरुले प्रस्तुती दिई सकेको अवस्था छ । मेलामा मनोरञ्जन सहित बिभिन्न ब्यपारिक स्टलहरुले दर्शक आकर्षक गरिरहेको छ ।