Monday, April 20News That Matters

उदयपुर ट्राफिकको निष्कर्श : दुर्घटनाको मुख्य कारण तिव्र गति, चालकहरुलाई कक्षा संञ्चालन

पूर्णपुष्टि, २३ कार्तिक ।
उदयपुरमा पछिल्लो समय दुर्घटनाको अवस्था बढीरहेको छ । मानिसको भिँडभाँड तिव्र सहरीकरण र मदन भण्डारी हाईवेका कारण र्दुघटना न्युनिकरणका लागि उदयपुर ट्राफिक प्रहरीलाई चुनौती बढेको छ । पछिल्लो अवस्थामा दुर्घटनाका कारण भने तिव्र गति रहेको ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याँङ्कमा उल्लेख छ ।

यी चुनौती समधानका निम्ति बिहिबार जिल्ला प्रहरी कार्यालयको सभाहलमा सवारी दुर्घटना न्युनिकरणका लागि चालकहरुलाई कक्ष दिईएको छ । भण्डै दुईसय सवारी चालकहरुलाई दुर्घटना न्युनिकरणबारे दुई घण्टा कक्ष दिईएको उदयपुर ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए ।

कक्षामा दुर्घटना न्युनिकरण गर्न सवारी चालकहरुलाई ट्राफिक नियमबारे सुझाएका थिए भने सवारी जरिवाना र ऐन कानुनबारे भने यातायात व्यवस्था सेवा कार्यालय,गाईघाटले चालकहरुलाई प्रस्ट पारेको छ । इन्चार्ज दियालीले सवारीको मुख्य कारणनै तिव्र गति भएकाले प्रथममा चालकले यसलाई नियन्त्रण गर्न तत्काल ब्यवहारमा लागु गर्नु पर्ने जनाए ।

तिब्र गति सँगै मापासे, ओभरलोड, गलत तरिकाले बाटो काट्ने, लापर्वाहीक पार्किङ, चालकमा दक्षताको कमी, सडकको बनावट, सवारी यन्त्रीकीकरणको अवस्था लगायत रहेको जनाए । नेपालको सडकहरु कतिपय मापदण्ड विपरिद र घुम्तीहरुका कारण दुर्घटनालाई नियन्त्रण गर्न चालक आफै सजक हुनु पर्ने इन्चार्ज दियालीले सुझाए । घुम्ती अनि साना सडक त अब फेरिँदैन हो त्यसै कारण तपाई हामिलेनै बिचार गरेर सडकमा सवारी चलाउने हो, उनले कक्षमा भने, । सवारीको हरेक स्थित सँग अन्तिममा तिव्र गतिमै जोडिने उनले बताए । सवारी र चालक जस्तो अवस्थामा भएपनि सवारीको गति कम छ भने दुर्घटना भएपनि जिवनको क्षती नहुने उनले चालकहरुलाई बताए ।

यस्तै यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका प्रमुख श्याम लिम्वुले यातायातको नियम बिपरिद चलाए हदै सम्म जरिवानामा परिने सुझाए । लिम्वुले कतिपय सवारीहरु प्रयोजन बिपरिद चलिरहेको समेत जनाए । सवारीहरु यातायात कार्यालयमा सामान बोक्ने, यात्रु बोक्ने, बिरामी बोक्ने, निर्माण सामाग्री बोक्ने, तरल पदार्थ, ग्याँस लगायत बिबिध प्रयोजनमा दर्ता भएको हुन्छ, “तर चालकहरु भने मान्छे बोक्नेमा सामान र सामान बोक्ने सवारीमा मान्छे बोकिरहेको पाईएको छ लिम्वुले भने, । हामिले यसलाई ब्यवाहारीक हिसावले हेरेर तपाईहरुलाई कार्वाही गरेका छैनौ नत्र कार्यालयमा के प्रयोजनका लागि दर्ता भएको हो सोहीका लागि प्रयोग हुनु पर्छ यदि त्यस्तो नगरे कार्वाहीका भागेदार हुनु पर्ने लिम्वुले सुझाए । कार्यक्रममा प्रहरी नायव उपरीक्षक हरिनन्त चौधरी र प्रहरी उपरीक्षक रमेश थापाले पनि दुर्घटना न्युनिकरण र कानुनी हिसावले सवारी चलाउन सुझाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर, जिल्ला ट्राफिक कार्यालय उदयपुर र यातायात व्यवस्था सेवा कार्यालय गाईघाटको संयुक्त आयोजनामा चालकहरुलाई कक्षा संञ्चालन गरिएको थियो ।