Monday, April 20News That Matters

उदयपुर बाट राजेन्द्र राईले भने,” एमालेले विश्वासको मत पाउँदैन, हाम्रो पार्टी बाट मुख्यमन्त्री बन्ने सम्भावना छ ः राई

पूर्णपुष्टि, असोज ४

नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य तथा १ नं प्रदेशका संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश नं १ मा नेकपा (एकीकृत समाजवादीको नेतृत्वमा मुख्यमन्त्री बन्ने प्रवल सम्भावना देखिएको जनाउनुभयो ।

उदयपुरमा पार्टीको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्दै नेता राईले हालको मुख्यमन्त्री भिम आचार्यलाई ४७ मत विश्वासको मत नपुग्ने भन्दै अब बन्ने मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्ने बढी सम्भावना रहेको बताउनुभयो ।

माथी केन्द्रमा पनि एक खालको सहमतीहरु जुटिरहेको छ, हामिले प्रदेश नं ३ र १ को मुख्यमन्त्रीको जिम्मेवारी पाउने प्रवल सम्भावना छ, नेता राईले भने,”

उहाले भन्नुभयो, केन्द्रमा निर्णय भए अनुसार सात प्रदेश मध्ये कांग्रेस माओवादीले दुइृदुई ओटा र जसपाले एउटा मुख्यमन्त्री लिने बाँकी दुईटा नेकपा एकीकृत समाजवादीले पाउने एक किसिमको निर्णय भएको छ । राईले प्रदेश १ मा जम्मा ९१ सिटमा एमालेको ४१ सिट मात्र रहेको र यता विपक्षी दलहरुको जम्मा ५० सिट रहेको जनाएको छ । कांग्रेसको २१, माओवादीको १५, एकीकृत समाजवादीको १०, जसपाको ३ र लिम्वुवान मुक्तिमोर्चाको १ गरी जम्मा आफुहरु सँग ५० मत सुरक्षित रहेको हुनाले सरकार बनाउन आफुहरुलाई विश्वासको मत आउने जनाउनुभयो ।

राईले सरकार चलाउन पार्टीकै मुख्य भुमिका रहेको भन्दै आफ्नो नेतृत्वमा सरकार बनेमा पार्टीको निर्देशनलाई पालना गर्दै जनतामुखी सरकार चलाउने समेत बताउनुभयो । उहाँले अब बन्ने प्रदेश १ को सरकारले जनताहरुको लागि कुनै पनि काम र अधिकारहरु बाँकी नराख्ने गरी काम गर्ने समेत बताउनुभयो ।