Thursday, May 7News That Matters

उदयपुर सिमेन्टले प्रगतिको फड्को मार्दै

पूर्णपुष्टि (उदयपुर), माघ ५ ।
उदयपुर सिमेन्ट उद्योग जलजलेले नयाँ महाप्रवन्धक पाएको एकवर्षभित्रमा थुप्रै सुधारका कामहरु भएको र प्रगतिको फड्को मार्दै आएको छ । उद्योगले उत्पादन तथा विक्रीमा लक्षबढी उपलब्धी हाँसिल गर्नुका साथै सुशासन कायम गरेको दावी गरेको छ । हिजो एक प्रेस विज्ञप्ती जारी गर्दै उद्योगले हालसम्मको प्रगति र सुधारका कामहरु सार्बजनिक गरेको छ ।

करिब करिब बन्दको अवस्थामा पुगेको उद्योगलाई यो एकवर्षभित्रमा राम्रो उत्पादन दिन सकेको छ । उद्योगले एकवर्षमा क्लिङ्कर १ लाख ४ हजार १८५ मेट्रिकटन उत्पादन गरेको छ भने १ अर्ब २८ करोड ५७ लाख ८७ हजार रुपैयामा १९ लाख ६९ हजार ३८३ बोरा गैडाछाप सिमेन्ट विक्री गर्न सफल भएको छ ।

उद्योग प्रवक्ता लक्ष्मण पौडेल र प्रशासन महाशाखा प्रमुख कमलप्रसाद पौडेलहद्वारा हस्ताक्षरित विज्ञप्तीमा २५ बुँदे सुशासनसहितको प्रगति गतिविधि सार्बजनिक भएका छन् । उत्पादन तथा विक्री, विक्री प्रवद्र्धन तथा भावी योजनाहरुसमेत सार्बजनिक गरिएको छ ।

विज्ञप्ती विस्तृतमा ….
      
प्रेस विज्ञप्ति PDF