Tuesday, June 2News That Matters

उदयपुर स्केटीङ तथा स्केट बोर्डीङ संघको अध्यक्षमा राकेश राई

पूर्णपुष्टि, माघ २४
उदयपुरमा स्केटीङ तथा स्केट बोर्डिङ संघको अध्यक्षतमा राकेश राई चयन भएको छ । जिल्लामै पहिलो चोटी संगठन भएको संघले ११ सदस्यी संगठन निर्माण गरेको छ । सोमवार संघका केन्द्रीय उपाध्यक्ष चुडामणी खरेल तथा जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश राम राईको उपस्थितिमा समिती विस्तार गरिएको हो ।

समितिको उपाध्यक्षमा निश्चल राई, निश्चल चौधरी र क्षितिज राई रहेको छ । महासचिवमा शुसन राई, सचिवमा दिक्षा चौधरी र कोषाध्यक्षमा प्रतिक्षा राई रहेको छ । त्यस्तै गरी सदस्यहरुमा रोजन राई, भावेश परियार, मनिष राई र इन्द्र तामाङ रहेको छ ।
संगठन विस्तार सँगै समितिले पहिलो बैठक पनि सामान्य तरिकाले बसेको छ । समितिले निर्णयमा अहिले तत्कालका लागि संघलाई उदयपुर जिल्ला खेलकुद विकास समितिमा दर्ता गर्ने निर्णयलाई अघि सारेको छ ।