Monday, May 11News That Matters

उदयपुर – १ को मतगणना जारी

२२ फागुन, २०८२ ।
उदयपुर निर्वाचन क्षेत्र – १ को गएराती करिव ३ : ०० वजेदेखि मतगणना सुरू भएको छ ।
मतपेटिका ढुवानी लगायतका काम राति १२ बजेसम्म सकिएको र सर्वदलीय बैठक बसेर ३ बजेबाट मत गणना सुरू गरिएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले बताउनु भयो ।
हालसम्म करिव १ हजार मत गणना भएको र घण्टी चुनाव चिन्हको अग्रता रहको जानकारी आएपनि अधिकारिक रुपमा गणनाको परिणाम सार्वजनिक गरिएको छैन । अहिलेको मतगणना बेलका नगरपालिकाको रहेको बुझिएको छ।
उदयपुर -१ मा एकलाख ४२ हजार ८०४ कुल मतदाता मध्य ८० हजार ५९ मत खसेको छ ।
उदयपुरको क्षेत्र नम्बर १ को त्रियुगा मावि गाईघाट र क्षेत्र नम्बर २ को उदयश्री क्याम्पस कटारी मा मतगणना स्थल तोकिएको छ ।
उदयपुर क्षेत्र नम्बर २ को भने राती अबेरसम्म मतपेटिका आईसक्ने र बिहान सर्वदलीय बैठक बसी गणना सुरू गर्ने भएको छ।