
पूर्णपुष्टि, साउन २०
विराटनगरको कोशी अस्पतलामा उदयपुरका एक पुरुषको मृत्यु भएको छ । सोमबार राती कोशी अस्पतालमा बेलका नगरपालिका–१ निबासी ५५ वर्षिय एक जना पुरूषको मृत्यु भएको हो ।
मृत्यु भएको पुरूषमा कोरोनाको लक्षण देखिएकोले स्वाव संकलन गरिएको अस्पतालले जनाएको छ । मृतकको स्वाब परिक्षणपछि कोरोना नदेखिए मात्र शब आफन्तलाई बुझाईने जनाईएको छ ।
सोमबार राति उच्च ज्वरो आएको अवस्थामा विराट मेडिकल कलेज टंकीसिनुवरीमा ल्याएको भएपनी उनलाई भर्ना लिएको थिएन । कोरोनाको आशंकामा बिराटले भर्ना नलिएपछी उनलाई कोशी अस्पताल ल्याइएको आफन्तले जनाएका छन् ।
राती निकै अवेर कोशीमा आए पुगेका विरामीलाई आईसोलेशनमा भर्ना गर्न लाग्दा उनको मृत्यु भएको जनाएको छ ।
उनमा यसअघि जण्डिस देखिएको र ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेकोले कोरोनाको संक्रमण भएको आशंका गरिएको छ ।
