Monday, June 22News That Matters

उदयपुरका मालपोत कार्यालयहरुले दैनिक सेवा संञ्चालन गर्न नपाउने, कुन कुन दिन संञ्चालन हुने, (बार सहित)

पूर्णपुष्टि, बैशाख १७

अत्यादिक भिँड हुने सरकारी सेवाको रुपमा रहेको मालपोत कार्यलयलाई व्यवस्थीतका साथ संञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय उदयपुरले बार व्यवस्थापन गरेको छ ।

एक हप्तामा कुन पालिकाले कति दिन सेवा दिने र कुन कुन बार सेवा दिने भन्ने बारे जिल्ला प्रशासन कार्यलय उदयपुरले बार छुट्टाएर सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।

त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकालाई हप्ताको २÷२ दिन छुट्याइएको छ । त्रियुगा नगरपालिकामा बिहिबार र शुक्रबार, चौदण्डीगढीमा मंगलबार र बुधबार र बेलका नगरपालिकामा आईतबार र सोमबार मालपोत संञ्चालन हुने भएको छ ।

यता गाउँपालिकाहरुमा भने दैनिक संञ्चालन हुने भएको छ ।  रौताई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, ताप्ली गाउँपाकिा र उदयपुरगढी गाउँपालिकामा भने दैनिकी सेवा संञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।