Sunday, April 26News That Matters

उदयपुरका संस्थागत विद्यालय भोली देखी संचालन हुने

पूर्णपुष्टि, भदौ २८ । उदयपुरका संस्थागत विद्यालयहरु भोली देखी नियमित रुपमा संञ्चालन हुने भएको छ । शनिबार नेशनल प्याव्सन र प्याव्सन उदयपुरले एक सुचना जारी गर्दै आईतबार देखी विद्यालय संचालन हुने जानकारी दिएको हो ।

जेनजी पुस्ताको प्रदर्शनका कारण गत बिहिबार देखी बन्द भएको विद्यालय जिल्लाको अवस्था सामान्य हुँदै गईरहेकोले भोलीदेखी विद्यालय संचालनमा ल्याउने लागेको हो । आईतबार जितिया पर्व पर्न गएकोले सम्पूर्ण थारु समुदायलाई शुभकामना दिदैँ थारु समुदायका लागि मात्रै जितिया पर्व विदा दिईने सुचनामा उल्लेख छ ।