
पूर्णपुष्टि, चैत ३१
उदयपुरको कटारीमा करेन्ट लागी एक महिलाको ज्यान गएको छ । कटारी नगरपालिका–४ सिम्ले बस्ने ३९ वर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागी ज्यान गएको हो ।
सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
