Thursday, June 11News That Matters

उदयपुरको कटारीमा चट्याङ लागि महिलाको मृत्यु

पूर्णपुष्टि, जेठ ८
उदयपुर जिल्लाको कटारी नगरपालिका–११ गोठडाँडामा चट्याङले लागेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षीया भक्त कुमारी बुढाथोकी रहेकी छिन ।

आज बिहान ८ बजेको समयमा आफ्नै घरमा बसीरहेको अबस्थामा पानी सँगै परेको चट्याङ लागि सक्त घाईते भएकी थिईन । घाईतेलाई तत्काल उपचारको लागि कटारी अस्पताल ल्याएकोमा उनको उपचारको क्रममा १०:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।