Saturday, May 2News That Matters

उदयपुरको कटारीमा पहिरोले ट्रक बगायो

पूर्णपुष्टि, साउन ३१ । उदयपुरको कटारी नगरपालिका-१४ घुर्मीमा गएराति पहिरोले एक ट्रक बगाएको छ। ओखलढुंगाबाट इटहरीतर्फ जाँदै गरेको प्र ०२-००२ ख ०१२६ नम्बरको ट्रक पहिरोमा परेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता राजन चापागाईका अनुसार घटनामा मानवीय क्षति भएको छैन। उनले भने, “पानी परिरहेको अवस्थामा बाटो साँघुरो देखेर चालक र सहचालक बाटो हेर्न झरेको बेला ट्रक सडकसँगै भासिएर १५ मिटर तल खसेको हो।”

संखुवासभाका चालक ललित विश्वकर्माले उत्तिसको काठ बोकेर ल्याउँदै गरेको ट्रक दुर्घटनामा परेको प्रवक्त्ता चापागाईले बताए । चालक र सहचालक सडकको अवस्था हेर्ने क्रममा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रवक्ता चापागाईले भने, “हाल उक्त सडकखण्डमा यातायात सुचारु रहेको छ।” प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।