
पूर्णपुष्टि, फागुन १०
उदयपुरको चौदण्डीगढी नगरपालिकामा प्रदेश स्तरीय ह्याण्डवल प्रतियोगिता सुरु भएको छ । मंगलबार खेलको उद्घाट नगर प्रमुख खगेन्द्र राईले गरे । ‘प्रथम चौदण्डीगढी खेलकुद महोत्सव’ अन्तर्गत मंगलबार उद्घाघाटनको लिग चरण खेलमा मोरङ, र उदयपुर ‘ए’ समूह छनोट भएको उदयपुर ह्याण्डबल संघका अध्यक्ष विदुर राईले जानकारी दिए ।
प्रतियोगितामा पुरुषको ५ समूह र महिलाको ३ समूहले सहभागिता जनाएका छन् । उद्घाटन कार्यक्रममा महिला अधिकारकर्मी कान्ता राई, शिक्षक जनक कार्की, प्रदेश नं। १ का खेलकुद विकास वोर्डका सदस्य शम्भू पौडेलले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा उप प्रमुख रिताकुमारी चौधरी, वडाध्यक्षहरु गडुलमान विक, रामकुमार खड्का, नगर कार्यपालिका सदस्यहरु प्रमिला दनुवार र जानुका कुँवर, ह्याण्डबल संघका केन्द्रीय प्रशिक्षक विन्दा थापा, उद्योग वाणिज्य संघका चौदण्डीगढी नगर अध्यक्ष पवन कार्की, नेकपा माओवादी केन्द्रकी चौदण्डीगढी नगर समितिकी उपाध्यक्ष गिता थापा, सह सचिव प्रिया राइ कटवाल, इलाका प्रहरी कार्यालयका बेल्टारका प्रहरी निरीक्षक छे फिन्जो भोटे, भलिबल संघका नगर संयोजक सन्तोष राई, तेक्वान्दोका नगर संयोजक एसव राई, खेलकुद विकास समितिका अध्यक्ष शसिचन्द्र राई, सचिव भाष्कर चौधरी लगायतको उपस्थिती रहेको थियो ।
