Friday, June 19News That Matters

उदयपुरको ताप्लीमा शैक्षिक सामाग्री तयारी कार्यशाला सम्वन्धि तीन दिने तालिम सञ्चालन

पूर्णपुष्टि,वैशाख ९ । शिक्षा युवा तथा खेलकुद शाखा रुपाटार उदयपुरको आयोजनामा ताप्लीमा प्रारम्भिक वालविकास सहजकर्ताहरुलाई शैक्षिक सामाग्री तयारी कार्यशाला सम्वन्धि तीन दिने तालिम सञ्चालन भएको छ । तीन दिनसम्म संञ्चालनमा हरने तालिम ताप्ली गाउँपालिका वडा नम्बर ५,को कार्यालयको सभाहलमा भईरहेको छ ।

तालिममा त्यस क्षेत्रका ४१ वटा बिद्यालयका ३५ जना बालविकास सहजकर्ताहरुको उपस्थिति रहेको छ । शिक्षा शाखा प्रमुख संजु कुमारी दाहालले ताप्लिको प्रत्येक बिद्यालयका बालविकास कक्षालाई गुणस्तरीय बनाउनको लागि शिक्षाबाट शैक्षिक सामाग्री निर्माण र व्यवस्थापनको लागि बजेटको व्यवस्था सस्मेत गरिएको बताउनु भयो । उक्त बजेटको सही सदुपयोग गरि बिद्यालयमा कक्षा सजावट गरि बालविकास सुद्रीढिकरण गर्न सबै विद्यालयहरुले महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने बताउँनुभयो ।

तालिमको सहजीकरण सेतो गुराँस सुनसरीका संस्थापक तथा प्रशिक्षक भीमा राईले गर्नुभएको छ । तालिम बिद्यार्थी भर्ना अभियान २०८०लाई लक्षित गरि संचालन गरिएको शिक्षा शाखाले जनाएको छ ।