Wednesday, June 3News That Matters

उदयपुरको त्रियुगा खोलामा डुबी ५ वर्षीय बालकको मृत्यु

पूर्णपुष्टि, चैत ११ ।
उदयपुरको त्रियुगा खोलामा डुबी एक ५ वर्षीय बालकको ज्यान गएको छ । झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका–७ स्थितमा बस्दै आएका गौर बहादुर मगरको छोरा निस्पल मगरको खोलामा डुबी ज्यान गएको हो ।
बिहिवार साँझ ६ बजे खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुबी रहेको अवस्थामा आमाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगेकोमा उपचारको क्रममा मगरको बालकको ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।