
पूर्णपुष्टि,चैत्र २४ । चौदण्डीगढी नगरपाकिलाको बसाहामा हास्य कलाकार गणेश इशारा राईको एक्कल कमेडी हो प्रतियोगिता हुने भएको छ । भोली (शनिवार) बसाहा क्लवको आयोजना र बलबहादुर राई फाउण्डेशनको सपोर्टमामा उक्त प्रतियोगिता हुने भएको हो ।
स्थानीय समाजसेवी बीरमाया राई(शोभोमा) स्मृतिकोष निर्माणको सहयोगार्थमा हुन लागेको कार्यक्रममा गायक डिजराज पौडेल लगायत अन्य स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । कलाकार इशाराले भैपरी आउने समस्याबाट पीडितहरुलाई संस्थाको क्षमता अनुसार सहयोग गर्ने उदेश्य अनुसार नै मावली स्व.हजुरआमाको नामबाट स्मृति कोष स्थापना गरेको कलाकार राईले बताए ।
कलाकार इशाराको गाइजात्रा कोशेली “सदन हल र भट्टी पसल उस्तै, साँढेतन्त्र र भद्रगोल डटकम” चर्चित कार्यक्रमहरु हुन् । उनले दर्जनौ म्यूजिक भिडियोको निर्देशनसमेत गरिसकेका छन् । कार्यक्रम नारद आदर्श मा.बिको मैदानमा दिउँसोको ठिक १ बजे देखि सुरु हुने आयोजकले जनाएको छ ।
