
पूर्णपुष्टि, असार ३
उदयपुरको बेलका नगरपालिकामा अवैध काठ लोड गरी लैजादैँ गरेको एक ट्रयाक्टर पक्राउ परेको छ । बेलका–१ खरीखोलामा बुधबार साढे ९ बजेको समयमा चिरान नगरेको सालजातको लोड गरिएको २३ थान काठसहित ट्रयाक्टर पक्राउ परेको हो ।
प्रहरी चेक पोष्ट आम्बासी उदयपुर स्थितमा चेकजाँच गर्ने क्रममा खरीखोला सव डिभिजन वन कार्यलयबाट डिभिजन वन कार्यालय उदयपुर तर्फ जादैँ गरेको प्रदेश नं.१०२–००३ त १३८६ नम्बरको ट्रयाक्टर र आधिकारीका पत्र समेत नभएको काठलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरले नियन्त्रणमा लिएको हो ।
काठ र ट्रयाक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिका लागि आज (विहिबार) डिभिजन वन कार्यालय गाईघाट उदयपुर पठाएको प्रहरीले जनाएको छ ।

