
पूर्णपुष्टि, ५ चैत्र ।
उदयपुरको बेलकामा सोमबार एक पुरुष झुण्डिएको अवस्थामा फेला परेको छ । नगरपालिकाको वडा नं। ९ को कमलाबारी साकेला पार्क छेउ माछापुच्छ्रे सामुदायिक बनको भवन नजिकै ति पुरुष झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार ति पुरुष उदयपुरगढी गाउँपालिकाका कृष्ण बहादुर तामाङ भन्ने खुलेको छ । तामाङ चौतारीको फलैचाको बलोमा आफुले लगाएको गल्पनले झुण्डिएका थिए । आफन्तको भनाइ अनुसार कृष्ण तामाङ गत मंगलबार देखि घरबाट हराएका थिए। आत्महत्याको कारण भने अहिलेसम्म खुलेको छैन। तामाङको लाशलाई हाल पोस्टमार्टमको लागी उदयपुर जिल्लाको सदरमुकाम गाईघाट लगिएको छ। भने थप अनुसन्धान प्रहरीले गरिरहेको अवस्था छ ।
