Thursday, June 11News That Matters

उदयपुरको बेलकामा पनि उल्लासपूर्ण मतदान हुँदै

पूर्णपुष्टि, बैशाख ३०
उदयपुरको कान्छो नगरपालिका बेलकामा पनि उत्साहपूर्वक मतदान भैरहेको छ । बिहान ७ बजेदेखी मतदान सुरु भएको सो नगरपालिकामा शान्तीपूर्ण रहेको जनाईएको छ । बेलका नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस पालिकामा ९ ओटा मतदान स्थलहरु भन् भने ३५ ओटा मतदान केन्द्रहरु रहेका छन् । बेलकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको दुईदलीय गठबन्धन र एमाले बिच मुख्य प्रतिस्पर्धा रहेको छ । सो नगरपालिकामा ३३ हजार ६ जना मतदाताहरु रहेका छन् ।