
पूर्णपुष्टि, कार्तिक २८
उदयपर स्थित बेल्टारको ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक (इन्स्पेक्टर) छि फेन्जो भोटे जिल्लाकै सर्वोकृष्ट प्रहरी घोषित भएको छ । प्रहरीको जिम्मेवारीलाई पूर्ण पालना र कर्तव्यनिष्ट तवरले जनताको सुरक्षामा खटेको भन्दै भोटेलाई कार्तिक महिनाको सर्वोकृष्ट उपाधि दिलाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले भोटेलाई सर्वोकृष्ट प्रहरी घोषित गरेको उदयपुरका प्रहरी
उपरिक्षक (एसपी) सुवास चन्द्र बोहोराले बताउनुभयो ।
भोटेले विभागिय मूल्य–मान्यता, आदेश, निर्देशनको पालना गर्दै उच्च मनोवलकासाथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक भोटेलाई असोज महिनाको उत्कृष्ट प्रहरीबाट सम्मानित गरिएको एसपी बोहोराले बताउनुभयो ।
उनी कार्यरत क्षेत्रमा जघन्य अपराधका घटनाहरु, चोरी पैठारी, प्रतिवन्धीत लागुऔषध कारोवारमा संलग्न लगायत विभिन्न अपराधिक गतिविधीमा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउँन सफल र सक्षम भूमिका निर्वाह गरको भन्दै उनको प्रशंसा गरिएको छ ।
प्रशंसा पत्रमा लेखिएको छ, ‘प्रहरी निरीक्षक भोटेको काम कारबाहीले सो क्षेत्रको सर्वसाधारण आम नागरिकमा सुरक्षाको अनुभूति हुनेगरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाएर प्रशंसनीय कार्य गरेकोले ०७८ असोज ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ ।’
आफ्नो कर्तव्य बाहेकका अन्य सामाजिक क्रियाकलापमासमेत उत्तिकै जिम्मेवार रहने गर्दछन् निरीक्षक भोटे । उनी कोरोना महामारीलाई नियन्त्रणमासमेत अब्बल मानिएका निरीक्षक भोटे समयमा जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरेर कोरोना नियन्त्रणमा उनको विशेष भूमिका निर्वाह गरेका छन् । निरीक्षक भोटे ०७७ असोज २० गतेदेखि इप्रका बेल्टारमा कार्यरत छन् ।
