
पूर्णपुष्टि, भदौ १९ गते ।
उदयपुरको बेलका नगरपालिका मैनामैनीमा भाद्र १७ गते एकै परिवारका तीन जनाको हत्या गरेको आरोपी नर बहादुर बस्नेतलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरेर हत्यारा बस्नेतलाई सार्वजनिक गरेको हो ।
आरोपी बस्नेतले नातामा दाजु पर्ने राज कुमार बस्नेत, भाउजु सरिता बस्नेत र भतिजो सुजन बस्नेतको हत्या गरेका थिए । हत्या गरी भाग्दै गरेको अवस्थामा आरोपीलाई प्रहरीले बेलका–६ स्थीत वरवोटेबाट घटना घटेकै दिन खुकुरीसहित प्रक्राउ गरिएको थियो । मनोगत रिसिह्बी तथा सामान्य वादविवादपछि हत्या भएको प्रहरीले जनाएको छ । आरोपी नर बहादुर बस्नेतले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
प्रहरीले आजै जिल्ला अदालतबाट सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती पाएको छ ।

