Sunday, May 31News That Matters

उदयपुरको रौतामाईमा किशोरकिशोरीद्धारा बालविवाह न्युनिकरणका लागि सरोकारवालालाई ध्यानाकर्षण पत्र बुझाए

पूर्णपुष्टि, पुष २६
उदयपुरको रौतामाई गाउँपालिकामा किशोरकिशोरीद्धारा बालविवाह न्युनिकरणका लागि स्थानिय सरोकारवालाहरुको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बझाएका छन् । केहि वर्ष यता वर्षेनी दर्जन बढि बालविवाह हुँदै आईरहेको रौतामाई गाउँपालिका–७ मा ८५ जना किशोरकिशोरीले सो ध्यानकर्षण पत्र बुझाएका हुन् ।
किशोरकिशोरीले रौतामाई गाउँपालिका–७ मा तथा पालिका जनप्रतिनिधिहरु, वडा बाल अधिकार समितिका पदाधिकारीहरु,शिक्षक,बुद्धिजीवि र राजनैतिक दलका प्रतिनिकिहरुको उपस्थितिमा आफनो हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएको नमुना किशोरी समुहले जनाएको छ ।

ज्ञापन पत्र बुझ्दै वडा नम्बर ७ का अध्यक्ष उत्तर बहादुर मगरले यस वडामा बाल बिवाह जटिल समस्याको रुपमा देखिएकोले यसको न्युनिकरण गर्न घर”घरमा जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।उहाँले स्थानिय तहले यसको अगुवाई गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले ज्ञापन पत्र बुझ्दै बालविवाह न्युनिकरणका लागि वडामा अभियान सञ्चालन गर्ने स्थानिय संघ संस्थाहरुसँग प्रभावकारी समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
बाल विवाहलाई सामाजिक तथा कानुनी अपराधको रुपमा लिईएकोछ । नेपालको कानुनले २० बर्ष भन्दा कम उमेरमा भएका बिवाहलाई मान्यता नदिई स्वत बदर हुने कुरा उल्लेख गरेको छ भने बाल बिवाह गर्ने गराउनेलाई दण्ड सजायको ब्यवस्था समेत गरेको छ । बाल बिवाहले बालबालिकाको शारिरीक, बौद्धिक,सामाजिक तथा संवैगात्मक संगै आर्थिक विकासमा समेत नकारात्मक असर पर्न जान्छ । बाल बिवाहका कारण बालबालिकाको बालापन नै जोखिम पर्दछ ।

यसै सन्दर्भमा बाल बिवाह बढि हुने जिल्लाको सुचिमा रहेको उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा पनि सरकारी तथा गैह्र सरकारी निकायहरुको पहलमा विभिन्न अभियान सञ्चालन गरि बाल बिवाह न्यूनिकरणमा लामो समय देखि कार्यहरु भै राखेको छ ।
उदयपुर जिल्लाका कुनैपनि स्थानिय तह तथा वडाहरु बाल बिवाह मूक्त भै नसकेको सन्र्दभमा बाल बिवाह विरुद्धको अभियानलाई अझ मजबुत र प्रभावकारी बनाउन जरुरी रहेको छ । वडा तह देखि नै बालविवाह न्युनिकरण गर्न लाग्नुपर्ने भएकोले रौतामाई गाउँपालिकालाई बा विवाह मुक्त गर्नका लागी साझा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता महशुस गरि किशोरकिशोरीहरुले विभिन्न सरोकारवाला निकायमा प्रतिवद्धता सहितको ज्ञापन पत्र हस्तान्तरण गरेका छन ।