
पूर्णपुष्टि, जेठ ५ गते ।
उदयपुरमा सम्पन्न भएको वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुन थालेको छ । अहिलेसम्म जिल्लाको ६ पालिकामा निर्वाचन मत परिणाम आइसकेको छ । कटारी नगरपालिकामा मतगणना जारी छ । तर जिल्लाको सदमुकाम समेत पर्ने त्रियुगा नगरपालिकामा भने अझै अन्योल रहेको छ । स्यानीय तहको निर्वाचन सम्पन्न भएको ६ दिन भैसक्दापनि त्रियुगाको बारेमा निर्वाचन कार्यालय अनिर्णित देखिएको छ ।
वर्षात तथा असहज परिस्थितीको कारण मतदान कार्य स्थगित गरिएको भन्दै सूचना जारी गरी रोकिएपनि हालसम्म पुन निर्वाचन नहुदा निर्वाचन आयोग प्रति आशङका तथा अविश्वास बढ्दै गएको छ । समय अगावै मतदान स्पगित गरी मतदाताको अधिकार हनन् गर्ने तर पुन मतदानको मिति तोक्न आयोगले आलटाल गरेको भन्दै राजनीतिक दल तथा स्थानीयले असन्तुष्टी व्यक्त गर्न थालेका छन् ।
मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका कारण ढिलाई भएको हो, भनि निर्वाचन कार्यालय पन्छिन खोजेको थियो । तर नयाँ मुख्य निर्वाचन अधिकृत नियुक्त भएको तीन दिन वितिसक्दापनि कुनै निणर्य नहुनुले कतै कसैको सेटिङ्गले पो काम गरिरहेको छैन भन्ने प्रश्न उठ्न थालेको छ ।
