Sunday, April 19News That Matters

उदयपुरगढीका पालिकाका अध्यक्ष सहित आज १० जना जनप्रतिनिधिले गरे नेकपा एकिकृत समाजवादीमा सनाखत

पूर्णपुष्टि, भदौ २१
उदयपुरमा सोमवार १० जना जनप्रतिनिधिले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन् । उदयपुरगढी गाउँपालिका अध्यक्ष मान वहादुर केप्छाकी मगर सहित कटारी नगरपालिका वडा नं ९ का वडाअध्यक्ष बेग वहादुर आलेमगर र वडा सदस्यहरु लगायत १० जनाले नेकपा एकिकृत समाजवादी रोज्दै सनाखत गरेका हुन् ।कटारी नगरपालिकाका ९ नं वडा अध्यक्ष मगर सहित ७ जना र उदयपुर गढी गाउँपालिकाका पालिका अध्यक्ष सहित ३ जना गरी जम्मा १० जनाले एकिकृत समाजवादीमा सनाखत गरेको त्रियुगा नगरपालिका वडा नं ६ का वडा सदस्य तथा पार्टीका वडा सचिव जयराम पंजियारले बताउनुभयो ।पंजियारका अनुसार भोली सम्म सनाखतको म्याद रहेकाले अझै थप हुने क्रम जारी रहेको जनाए । हिजो मात्रै त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी सहित ७ जनाले सनाखत गरेका थिए । त्रियुगाको अझै २ जनाले सनाखत गर्ने जनाएको छ । उनिहरुले आजै सनाखत गर्ने भनिएको छ । आज सनाखत गर्न नसकेको खण्डमा भोली भने सनाखत गर्ने सदस्य पंजियारले जानकारी दिनुभयो ।हिजो ६ जना र आज थप १ जना गरी त्रियुगा नगरपालिकाको ७ जनाले सनाखत गरिसकेका छन् भने भोली २ जना गरी ९ जनाले नेकपा एकिकृत समाजवादीमा सनाखत गर्ने त्रियुगा नगरपालिकाका मेयर तथा पार्टीका केन्द्रीय सदस्य वलदेव चौधरीले जानकारी दिनुभयो ।चौधरीका अनुसार आज सम्म गरी एकिकृतमा सनाखत गर्ने जिल्लामा १७ जना भईसकेको र भोली चौदण्डीगढीका जनप्रतिनिधिहरुले सनाखतका लागि निर्वाचन आयोगमा सहभागी जनाउने जनाउनुभयो । अब चौदण्डीगढी, रौतामाई र लिम्चुङबुङ गरी ३ पालिकाहरुले सनाखत गर्न बाँकी रहेको पनि केन्द्रीय सदस्य चौधरीले बताउनुभयो ।