Sunday, April 19News That Matters

उदयपुरगढीको जरुवामा पालिका स्तरीय भलिवल प्रतियोगिता, आज भव्य उद्घाटन

पूर्णपुष्टि सम्बाददाता
१० चैत, २०८२ । उदयपुरगढी
आजबाट सुरु दोस्रो उदयपुरगढी गाउँपालिका स्तरीय भलिवल प्रतियोगितामा पहिलो दिनको पहिलो चरणको खेलहरुबाट चार टिमले जितेर  सेमी फाइनल प्रवेश गरेका छन् भने चार टिम बाहिरिएका छन् ।
पालिकाका आठ टिमहरु मध्ये वडा नं २ लाई पराजित गरी वडा नं ८ अगाडि बढेको हो ।  वडा नं ४ को विरुद्ध वडा नं. ७ ले जितेको हो ।  वडा ६ लाई पराजित गरी वडा नं ३ ले जितेको हो भने वडा नं ५ को विरुद्ध वडा नं १ ले विजय यात्रा बढाएको हो ।
आजको खेलहरुमा वडा नं ८ का मिलन खड्का, वडा नं ७ का प्रकाश राना मगर, वडा नं ३ का एकराज कार्की र वडा  नं. १ का विकास मगर म्यान अफ दि म्याच घोषित भए ।
उनीहरूले जनही एक हजार नगद पुरस्कार प्राप्त गरे ।
युवा तथा खेलकुद विकास समिति उदयपुरगढीको आयोजनामा वडा नम्बर ३ जरुवामा दोस्रो उदयपुरगढी गाउपालिका स्तरीय पुरुष भलिवल तथा महिला भलिवल प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगिताको उद्घाटन पालिका अध्यक्ष मानबहादुरले केप्छाकी मगरले गर्नुभयो । पालिका उपाध्यक्ष जीत बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईको विशेष आतिथ्यमा रह्यो । प्रशासकीय अधिकृत पुष्प थापा, वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा वडासदस्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधीहरु, नागरिक समाज तथा स्थानीय बुद्धिजीवीहरूको आथित्य रह्यो ।
युवा तथा खेलकुद विकास समिति अध्यक्ष मोहनकुमार मगरको अध्यक्षतामा उद्घाटन भएको प्रतियोगितामा पुरुषतर्फ आठ र महिला तर्फ छ वटा वडाका टिमहरूले भाग लिएका छन् । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । महिला तर्फको खेल भोलीबाट हुनेछ ।