
पूर्णपुष्टि, २८ वैशाख ।
उदयपुरमा आगलागीबाट ठुलो क्षती भएको छ । उदयपुरगढी गाउँपालिका – ७ मा आगलागीबाट तीन घर र चार वटा गुवाली जलेर नष्ट भएको छ । वडाध्यक्ष भुवन मगरका अनुसार विहान करिब ८ ः ०० बजे कृषि मिटरको विद्युत सर्ट भई ग्वालीबाट सुरु भएको आगोले घरगोठ जलाएको हो । चौबहादुर मगरको गुवालीबाट सुरु भएको आगोले छिमेकी चित्रबहादुर मगर र मङ्गलीमाया मगरसमेतको घर र गोठ जलाएको हो । त्योसंगै खसीबाख्रा पालन फर्म र बङ्गुरपालन फर्म पनि जलेको छ । आगलागीमा ३ वटा बङ्गुरसमेत जलेको पिडितले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयलले आगलागीको सुचना आउनासाथ सुरक्षाकर्मी खटेका छन् । स्थानीय, दुईवटा दम्कल र सशस्त्र, नेपाल प्रहरी लगायतको सुरक्षाकर्मीले आगो नियन्त्रण गरेका छन् । आगो नियन्त्रणका लागि तीन घण्टा लागेको थियो । आगलागीबाट तीनवटा घर र ग्वालीमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । अन्नपानी, लत्ताकपडा, भाँडाकुडा, कागजपत्र सबै जलेको जनाइएको छ । त्यहाँ तीसलाख बढि क्षती भएको प्रारम्भिक अनुमान छ ।

