
पूर्णपुष्टि, ८ असार ।
उदयपुरगढी गाउँपालिकामा पान दर्ता तथा सामुदायिक वनको सामसामयिक बिषयमा ए दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्थानीय वन महासंघ उदयपुरगढी तथा जिल्ला महासंघ उदयपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । पछिल्लो समय सामुदायिक वनले अनिवार्य रुपमै समुहले पान लिन पर्ने जनाईएको छ । सोही बिषयमा सामुदायिक वन तथा कार्यरत पदाधिकारी तथा उपभोक्ताहरुलाई सचेत गराउन बृहत अन्तरक्रिया तथा छलफल गरिएको सामुदायिक वन महासंघ उदयपुरका अध्यक्ष कुशलवावु वस्नेतले जनाए ।
