Thursday, May 7News That Matters

उदयपुरमा आकाशबाट आगोको मुस्लो खसेर घर खरानी

पूर्णपुष्टि, वैशाख १४ गते ।
उदयपुरमा मंगलवार आकाशबाट आगोको मुस्लो खस्दा घर जलेर खरानी भएको छ । जिल्लाको ताप्ली गाउँपालिका–१ पिपल भञ्जाङ स्थित आकाशबाट चट्याङ् परेर घरमा आगलागी हुदा घर खरानी भएको हो ।
पिपलभन्ज्याङ बस्ने टङ्क बहादुर हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको स्थानीयले बताएका छन् ।
आकाशमा बदली रहेको बेला ठूलो आवाज सहित ठकुरीको घरमा आगोको मुस्लो खसेको थियो । घरबाट कुनै धनमाल निकाल्न नसकिएको र घरका सबै समान अन्तपात, लत्ता कपडा, भाडा बर्तन सबै जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार थप विवरण संकलन कार्य भईरहेको छ । क्षती विवरण आउन बाँकी छ ।