Wednesday, June 10News That Matters

उदयपुरमा इजाजत प्राप्त हतियार बुझाउन आदेश

पूर्णपुष्टि, असोज १४ गते ।
उदयपुर जिल्लाका हातहतिया राख्ने व्यतिmलाई हतिया बुझाउन जिल्ला प्रशासन कार्यालय उदयपुरले आज सूचना जारी गरेको छ । यही मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, विश्वसनीय एवं सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लाले सूचना जारी गरिएको हो ।
जिल्लास्थित इजाजत पत्र प्राप्त हतियारका धनीहरुले कार्तिक ५ गते भित्र नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा हतिया बुझाउनु पर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । गौतमका अनुसार बुझाएका हतिया निर्वाचन सम्पन्न भएको एक हप्ता पश्चात फिर्ता गरिने छ ।