Friday, June 26News That Matters

उदयपुरमा एक थान पेस्तोल सहित युवा पक्राउ

पूर्णपुष्टि, ११ असार ।
उदयपुरमा एक थान पेस्तोल सहित युवा पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका ३ बस्ने १९ बर्षिय जुलेश रायमाझी पक्राउ परेको हो । उनलाई त्रियुगा नगरपालिका १२ बाट प्रहरीले आइृतबार पक्राउ गरेको थियो । रायमाझीको साथवाट अवैध रुपमा बोकिरहेको अवस्थामा खाली म्यागजिन सहित १ थान पेस्तोल बरामद गरी उनलाई तत्काल नियन्त्रणमा लिइ अदालतबाट दिन ५ म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।