
पूर्णपुष्टि, असार २४ । उदयपुरमा आर्थिक वर्ष २०८१÷०८२ मा ३७१ वटा सवारी दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने ५ सय ८१ जना घाईते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरको तथ्याङ्क अनुसार सवारी दुर्घटनामा परी २२ जना पूरुष, ९ महिला र ३ बालकको मृत्यु भएको छ । त्यस्तै गम्भिर घाईते हुनेमा ५४ जना पूरुष, १९ जना महिला, ५ जना बालक र २ जना बालिका रहेका छन् भने सामान्य घाईते हुनेमा ३२० जना पूरुष, १२० जना महिला, ३२ जना बालक र २९ जना बालिका रहेका छन् । दुर्घटनामा परी २ वटा चौपाय मरेको छ ।
यस अवधिभर तिव्र गतिका कारण बढी दुर्घटना भएको तथ्याङ्कले देखाएको छ । तिव्र गतिका कारण १२० वटा सवारी दुर्घटना भएको छ । त्यस्तै मादक पदार्थ सेवान गरी सवारी चलाउँदा २८ वटा, ट्राफिक नियम उल्ल्घन गर्दा १३ वटा, ब्रेक नलागेको कारण ११, यान्त्रिक गडवडीका कारण ८ वटा, ओभरटेक गर्दा ४ वटा, चालक निदाउँदा ३ वटा, सवारी चालक अनुमती पत्र नलिई सवारी चलाउँदा २ वटा र अन्य २ वटा सवारी दुर्घटना भएको छ । त्यस्तै सवारी साधन, यात्रु, सडक र मौसमको कारणले समेत सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस अवधिमा सबै धन्दा बढी मोटरसाईकल दुर्घटनामा परेको छ । २०४ वटा मोटरसाईकल, ५१ वटा जिप–कार, ३६ वटा टेम्पो, २० वटा शा.स.चल्ने, १८ वटा टिपर, १३ वटा ट्याक्टर, १२ वटा बस, ११ वटा ट्रक–टेकंर र ६ वटा माईक्रो भेन दुर्घटना भएको छ ।
