Tuesday, April 21News That Matters

उदयपुरका पत्रकार बैकुण्ठ दाहालको निधन

पूर्णपुष्टि, असार २४ ।
नेपाल पत्रकार महासंघ उदयपुर शाखाका प्रदेश परिषद सदस्य ९प्रदेश पार्षद० बैकुण्ठ दाहालको सोमबार निधन भएको छ ।

गत आईतबार अस्वस्थ भई अस्पताल भर्ना भएका त्रियुगा नगरपालिका–३ बसपार्क निवासी दाहालको सोमबार राती ११ बजे ललितपुर जाउलाखेल स्थित अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखी पत्रकारीतासँगै वकालत पेशामा समेत सक्रिय रहेका दाहाल उदयपुर शाखाको कार्यसमिति सदस्य र केन्द्रिय पार्षद समेत भएका थिए । दाहालको ७१ बर्षको उमेरमा निधन भएको हो ।