
पूर्णपुष्टि, असार २३ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई त्रियुगा खोला स्थित माछा मार्ने क्रममा बेपत्ता भएको युवाको शव मंगलबार फेला परेको छ । सोमवार करिब ६ः३० बजे सिवाई भत्केको पुलबाट बेपत्ता भएको चौदण्डीगढी ६ सिरुवानीका २९ बर्षिय राम बहादुर राईको शव फेला परेको हो । नेपाल प्रहरी शसस्त्र प्रहरी उदयपुरको गोताखोर टोली र स्थानीयहरुको सहयोगमा राईको शव फेला परेको हो । बेपत्ता भएदेखीनै खोजी कार्य राखेको राईको भोली पल्ट मात्रै मृत अवस्थामा शव फेला परेको हो । उनको थप अनुसन्धान पछि पोष्टमार्टम गर्ने काम हुने प्रहरीले जनाएको छ ।
